प्रम ओलीको उपचारका लागि ५ महिना लाग्ने, गौतम र श्रेष्ठ पनि सांसद बन्ने

काठमाण्डौं, मंसिर १ ।
प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेबारीबारे पनि छलफल चलिरहेको छ ।

प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्णरुपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेका छन्। प्रारम्भिक सहमति भएपछि यो विषयमा सचिवालयबाटै निर्णय गर्ने तयारी छ भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ ।

५ भदौमा ओली सिंगापुर जाँदा बसेको सचिवालय बैठकले अध्यक्षका रुपमा कार्यकारी अधिकार प्रचण्डलाई दिइएको थियो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेबारी दिने ओलीको तयारी छ ।

प्रधानमन्त्री ओलीले पार्टी्भित्रका आन्तरिक समस्या पनि संवोधन गर्ने गरी एकता र समझदारीको सन्देश दिने प्रयास गरिरहेका छन् । वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरेका उनले वरिष्ठ नेता माधवकुमार नेपालसँको दूरी पनि घटाएका छन् ।
अर्का वरिष्ठ नेता झलनाथ खनालको वरीयताको मुद्दा सम्बोधन गरेका ओलीले गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रिय सभा सदस्य बनाउन चाहेका छन् ।