प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

पोखरा, साउन ५ ।
ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सव इन्जिनियर घुस सहित रंगेहात पक्राउ परेका छन् । सोमबार निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारले पिछा गरेको थियो ।

१ लाख ५० हजार घुस सहित प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सव इन्जिनियर कुमार मोक्तान पक्राउ परेका हुन् । उनीहरुलाई आफ्नै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारका प्रबक्ता तारानाथ अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुमाथी अनुसन्धान भैरहेको छ ।