प्रधानमन्त्री नियुक्तिमा राष्ट्रपति कार्यालयको गम्भीर गल्ती (केके छ गल्ती ?)

पोखरा, फागुन ३ ।
नयाँ प्रधानमन्त्री नियुक्तिको हतारोले राष्ट्रपति कार्यालयबाट गम्भीर गल्ती भएको भेटिएको छ । सुरुमा मिति विगारेर निकालिएको विज्ञप्तीमा मिती विग्रिएको थियो । समाचारमा आएपछि त्यसलाई सच्याईयो ।
तर विज्ञप्तीमा अर्को ठूलो गल्ती छ, नवनियुक्त प्रधानमन्त्रीको । केपी शर्मा ओली उनको बाहिर बोलाईने नाम हो । नागरिकताको होईन । प्रधानमन्त्रीको नियुक्तीमा नागरिकताको नाम हुनुपर्छ । तर केपी शर्मा ओली राखेर विज्ञप्ती निकालिएको छ । उनको पूरा नाम खड्कप्रसाद शर्मा ओली हो ।