प्रधानमन्त्री ओली र मोदीबीच वार्ता, दुई देशबीच थाँती रहेका मुद्दा सुल्झाऔं

 

काठमाडौं, माघ ७ ।

प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दुई देशबीच थाँती रहेका मुद्दा पनि सुल्झाउने बेला आएको बताएका छन् ।

विराटनगरको एकीकृत जाँच चौकीको भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मित्रताका आधारमा काम गर्यौं भने दुई पक्षीय सम्बन्ध थप उचाइमा लैजान सकिने बताए ।

प्रधानमन्त्री ओलीले दुई देशबीच थाँती रहेका मुद्दा सुल्झाउने बेला आएको पनि समकक्षी मोदीलाई सम्झाएका थिए । प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो पनि दिएका छन् ।

दुई देशबीचको सम्बन्ध नयाँ उचाईंमा पुगेको दावी गर्दै प्रधानमन्त्री ओलीले आगामी भ्रमणमा दुई देशबीच थाँती रहेका सबै विषय सम्वादबाट हल गर्न अवसर मिल्ने बताए ।

विराटनगरमा निर्माण सकिएको एकिकृत चेकपोस्ट र गोरखा र नुवाकोटमा बनेका ५० हजार घर हस्तान्तरण गर्न मंगलबार बिहान प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भिडिओ कन्फेरेन्स भएको हो ।
(ईमेजखबरबाट साभार)