प्रधानमन्त्री ओली आइसियूमा भर्ना

काठमाण्डौं, कार्तिक १२ ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए । थप समस्या देखिएपछि आइतबार राति नै उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको अस्पतालका डा अरुण सायमिले जानकारी दिए ।

उनको स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको हो । शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत उनी स्वास्थ्य समस्याकै कारण जान सकेका थिएनन् । संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएपछि निवासमै बसेका थिए ।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढेको छ ।