प्रधानमन्त्री ओलीको तेस्रोपटक ‘हेमोडायलासिस’

 

काठमाडौं, कार्तिक ३० ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रोपटक ‘हेमोडायलासिस’ गरिएको छ ।

काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा उनको हेमोडायलासिस गरिएको अस्पतालले जनाएको छ ।

‘उहाँको आज पुनः हेमोडायलासिस सम्पन्न भएको छ । हाल उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको छ’–अस्पतालले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उपचारपश्चात् प्रधानमन्त्री ओली शनिबारै प्रधानमन्त्री निवास फर्कने विज्ञप्तिमा जनाइएको छ ।

यसअघि, प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमै दुईपटक हेमोडायलासिस गरिएको थियो ।
(ईमेजखबरबाट साभार)