प्रधानमन्त्रीले भने, ‘मेरो स्वास्थ्य राम्रोसँग सुधार भएको छ’

 

काठमाडौं, मंसिर २९ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा तयार राजनीतिक प्रस्तावलाई अनुमोदन गर्दै स्थायी समिति बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कालापानी र लिपुलेकलगायत भारतसंगका सिमामा भएको समस्याको विषयलाई पनि स्थायी समितिमा छलफल गराउने एजेण्डा बनाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी समिति बैठकबाट नै केन्द्रीय समिति बैठक आह्वान गर्ने तयारी नेतृत्वले गरेको छ ।

सचिवालय बैठकमा केही समय मात्र उपस्थित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य राम्रोसँग सुधार भएको जानकारी गराएका थिए ।

बैठकले उनको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
(ईमेजखबरबाट साभार)