प्रधानमन्त्रीको दाउः मंसिरमा चुनाव

पोखरा, बैशाख २० ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः चुनावको तयारी गरेका छन् । श्रोतका अनुसार उनले मंसिरमा मध्यावधी निर्वाचन गराउने तयारी गरेका हुन् । त्यसैका लागि उनले विश्वासको मत लिने निर्णय गरिसकेका छन् ।

‘संसदबाट विश्वासको मत लिने । त्यो पास भए ठिकै छ, नत्र मंसिरमा चुनाव गराउने योजना हो,’ श्रोतले भन्यो । ओली विरुद्ध विपक्षीले हालसम्म अविश्वास प्रश्ताव दर्ता गराएका छैनन् । माओवादीले सरकारबाट समर्थन फिर्ता लिएको पनि छैन ।

ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् । उनले आइतबार राष्ट्रपछि विद्यादेवी भण्डारीलाई भेटेर निस्केपछि विश्वासको मत लिने निर्णय गरेका हुन् । शीतलनिवासबाट बालुवाटारमा फर्केर क्याबिनेट बैठक राखेका प्रधानमन्त्री ओलीले एकाएक संसदबाट विश्वासको मत लिने घोषणा गरे ।