प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै डा. केसी पुनः अनसन बस्दै

काठमाण्डौ, पुस २४ गते । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा.गोबिन्द केसीले आजदेखि १४ औं पटक अनसन सुरु गर्दैछन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको ईजलासले बर्खास्तीमा परेका डीन डा.शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएलगतै डां केसीले पाँच बुँदे माग राख्दै पुनः अनसन थाल्ने भएको हो । डा.केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै पुनः अनसन बस्ने बताए । केसी ४ बजेबाट अनसन बस्नेछन् । त्यसअघि पत्रकार सम्मेलन गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाए । उनले न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध लड्नुको अब विकल्प नभएको जिकिर गरे । डा. केसीले पराजुलीको राजीनामालाई पहिलो माग बनाएका छन् । साथै उनीमाथि छानविन गरेर कारबाही गर्नु पर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोग गठन, आईओएमका डीनमा जेपी अग्रवाललाई कायमै राख्नु पर्ने तथा शशी शर्माका साथै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने उनको माग छ ।