प्रदेश ५ ले दुईवटा अस्पतालमा अध्यक्ष र सदस्य मनोनयन गरेको छ

 

भैरहवा, माघ ७ ।

प्रदेश ५ ले प्रदेशका दुईवटा अस्पताल विकास समितिका अध्यक्ष र सदस्य पदमा मनोनयन गरेको छ ।

प्रदेश मन्त्रिपरिषदको बैठकले बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र रोल्पामा रहेको रोल्पा अस्पतालको लागि अध्यक्ष तथा सदस्य मनोनयन गरेको हो ।

मन्त्रीपरिषद् बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सुर्य बहादुर भट्टराईलाई र रोल्पा अस्पतालको अध्यक्षमा फविन्द्र आचार्यलाई मनोनयन गरेको भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

बैठकले प्रदेश सरकारको स्थापना दिवसको अवसरमा गर्न लागेको एक्स्पो कार्यक्रम स्वीकृत गरेको छ । एक्स्पो दाङमा माघ १० गतेदेखि १२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ ।
(ईमेजखबरबाट साभार)