प्रदेश ५ को उपसभामुखमा कांग्रेसकी रिनाको उम्मेदवारी

बुटवल, फागुन ५ ।
प्रदेशसभा ५ को उपसभामुखमा कांग्रेसकी रिना खनाल बिकले उम्मेदवारी दिएकी छन् । कांग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन । तर, प्रदेश ५ मा रिना खनालले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावकमा सुरेन्द्रबहादुर हमाल छन् भने रमा अर्याल समर्थक छिन् ।
एमाले सांसद् कृष्णी थारुले पनि उम्मेदवारी दिएकी छिन् । भोलि प्रदेशसभामा निर्वाचन हुनेछ । प्रदेशसभामा एमाले र माओवादी गठबन्धनको प्रष्ट बहुमत छ ।