प्रदेश ४ का सांसद दीपक मनाङे पक्राउ

काठमाण्डौं, बैशाख ६ ।
फरार रहेका प्रदेश सांसद दीपक मनाङे (राजिव गुरुङ) पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो । उनलाई स्वयम्भुबाट पक्राउ गरिएको परिसरका डिएसपी मोहन थापाले बताए ।

१२ वर्षअघि चक्रे मिलनको हात छिनाएको घटनामा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दामा दोषी ठहर भएका उनी फरार थिए । उनी मनाङ प्रदेशसभाबाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका थिए ।

२०६१ साल बैशाख ३१ गते महाराजगञ्जको चाइनिज चुफाङ रेस्टुरेन्टमा चक्रे मिलनको बायाँ हात छिनाएको मुद्दामा सर्वाेच्चले दोषी ठहर गरेपछि उनी फरार भएका हुन् । उनीविरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको थियो ।