प्रदेश ३ मा मन्त्रीमण्डल विस्तार, शालिकराम जम्मरकटेल र केशव स्थापित मन्त्रीमा नियुक्त

हेटौंडा,२९ माघ । प्रदेश नम्बर ३ मा आज २ सदस्यीय मन्त्रीमण्डल बिस्तार गरिएको छ । सोमबार मात्रै पदभार ग्रहण गरेका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नम्बर ३ मा २ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

मुख्यमन्त्री पौडेलको मन्त्री मण्डलमा नेकपा एमालेका केशव स्थापित तथा माओवादीका शालिकराम जम्मरकटेल रहेका छन् । जम्मरकटेललाई आन्तरिक मामिला तथा कानुन मन्त्री र स्थापितलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरिएको हो ।

नियुक्त भएका दुबै मन्त्रीलाई प्रदेश नम्बर ३ हेटौँडामा रहेको प्रदेश प्रमुखको कार्यालयमा आज एक समारोहका बिच प्रदेश प्रमुख अनुराधा कोईरालाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।