प्रदेश ३ को पहिलो मन्त्रीपरिषद बैठक, यस्ता छन् निर्णयहरु

हेटौंडा, माघ २९ । प्रदेश नम्बर ३ को पहिलो मन्त्रीपरिषद बैठक बसेको छ । मुख्यमन्त्री डोरमणी पौडेल सम्मिलित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल र भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापित सहितको मन्त्रीमण्डलको पहिलो बैठक बसेको हो ।

 

ऐतिहासिक पहिलो मन्त्रीपरिषद बैठकले ३ नम्बर प्रदेशको भोलि देखि काम गर्ने सन्दर्भमा प्रदेश सरकार कार्यविभाजन निमावली २०७४, प्रदेश सरकार कार्य सम्पादन निमावली २०७४, प्रदेश स्तरका केहि सार्वजानिक लिखित प्रमाणीकरण सम्बन्धि निमावली २०७४ स्विकृति गर्ने निर्णय गर्दै शहिदहरुप्रति सम्मान व्यक्त गरिएको गरिएको मुख्यमन्त्री डोरमणी पौडेलले बताए ।

 

पौडेलका अनुसार मन्त्रीमण्डलले पुर्णता नपाउञ्जेल प्रदेश सरकारको प्रवक्ता आफै रहने बताए ।