प्रदेश १ मा शेरधन राई मुख्यमन्त्री निश्चित

पोखरा, माघ २६ ।
प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनी प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित पनि भएको छ । आज भएको निर्वाचनमा राईले पार्टी सचिव भीम आचार्यलाई पराजित गरेका हुन् । प्रदेशसभाका ५१ सांसदमध्ये राईले २६ र आचार्यले २४ मत पाए भने एक मत बदर भयो ।
संसदीय दलको नेता सहमतिमा बनाउने प्रयास असफल भएपछि निर्वाचन भएको थियो । राई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर नेता हुन् ।