प्रदेशसभा बैठकमा सांसदको चर्काचर्की (भिडियो हेर्नुस्)

पोखरा, बैशाख ११ ।
प्रदेश ४ को मंगलबार बसेको प्रदेशसभा बैठकमा सांसदबीच नै चर्काचर्की भएको छ । काँग्रेस सांसद मेखलाल श्रेष्ठले सभाको क्षेत्राधिकार बाहिर गएर कम्युनिष्ट नेताहरुलाई गाली गरेको भन्दै माओबादी र एमालेका सांसदहरुले आपत्ति जनाएका हुन् ।
श्रेष्ठले कम्युनिष्ट पार्टी एकताको सन्देश दिन काठमाण्डौंमा आयोजित कार्यक्रम गैर राष्ट्रवादको रुपमा टिप्पणी गरिरहेका थिए । उनी बोल्दै गर्दा माओबादी सांसद दीपक कोइरालाले नियमापत्ती जनाए । बैठकलाई मर्यादित गर्ने मागका लागि नियमापत्ति जनाएका उनले पनि नियमको ख्याल गरेनन् ।
एमाले सांसद राजीव पहारीले पनि श्रेष्ठलाई तत्काल माफि माग्न लगाउनुपर्ने माग राखेका थिए । तर सभामुखले कुनै प्रतिक्रिया नै नदिई सभा अगाडी बढाए । नियमतः संसदको मर्यादा भन्दा बाहिरका बिषयबस्तु उठाएमा सभामुख आँफैले रोक्नुपर्ने प्रावधान छ । तर उनले रोक्ने चेष्टा गरेनन् ।