प्रदीपको क्षेत्रमा फेरी चुनाव गर्न काँग्रेसको माग

काठमाण्डौं, मंसिर २६ ।
नेपाली कांग्रेसले तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ पुनः मतदान गर्न माग गरेको छ । यस क्षेत्रमा कांग्रेस युवा नेता प्रदीप पौडेल वामपन्थी उम्मेदवार नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मत पराजित भएका थिए । नेपाली कांग्रेसले मंगलबार बिज्ञप्ति निकालेर त्यस प्रदेशसभाभित्र पर्ने बिभिन्न बुथका पाँचवटा मतपेटिकामा जम्मा खसेको मतको मुचुल्कामा भन्दा मणनाका क्रममा ७० मत बढी देखिएका कारण धाँधली भएको दाबी गरेको छ । ‘५ मतपेटिकामा २३२८ मत मुचुल्का गरिएकोमा मणना गर्दा २३७० मत पाइएकाले मतगणनाका क्रममा फर्जि मत मिसाइएको तथ्य स्वतः प्रष्ट भएको छ ।’

बिज्ञप्तिमा भनिएको छ, ‘कर्मचारी र निर्वाचन अधिकृतको संरक्षणमा बिधि र प्रक्रिया मिचेर धाँधली गरी ४२ फर्जी मत राखिएकोमा यसलाई नेपाली कांग्रेस अस्वीकार गर्छ ।’ कांग्रेसले म्याग्दे ७ को अमरज्योति आवि ग्यारसिंह, जनजुक्त शाही मावि ‘क’, जनजौकुमारी शाही आवि ‘क’, व्यास ५ को उदय मावि ठूलोटार ‘ख’ र म्याग्दे ४ को मीन निमावि सहित ५ मतदान केन्द्रको पुनः मतदान गर्न माग गरेको छ । यस क्षेत्रबाट १६६४६ मतसहित वाम गठबन्धनबाट नेकपा माओवादीकी आशा कोइरालाले जित हासिल गरेकी थिइन् । प्रदीप पौडेल ५ मतले पराजित भएका थिए । उनले १६६४१ मत पाएका थिए ।