प्रकृति, सस्कृति र साहसिक यात्रा प्रदेश पर्यटनको आधार : मुख्यमन्त्री गुरुङ

 

पोखरा, भदौ २३ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रकृति, संस्कृति र साहसिक यात्रा प्रदेश पर्यटनको मुख्य आधार भएको बताएका छन् ।

सोमबार पोखरा नदीपुरमा रहेको नेवार जातिको संग्रहालय निरिक्षण पश्चात पत्रकारहरुसंग संक्षिप्त प्रकृया दिदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेशमा रहेको प्रकृति र साहसिक पर्यटनका ठाँउहरुलाई विभिन्न जातिको सस्कृतिसंग जोड्ने प्रयास गरिरहेको बताए । गण्डकी प्रदेश जातजातिको संगम थलो भएको बताउँदै मुख्यमन्त्री गुरुङले विभिन्न जातिका संग्रहालय तथा सास्कृतिक पक्षहरुले प्रदेशमा आउने पर्यटको बसाई लम्बाउन सहयोग पुग्ने बताए । उनले नेवार जातिको सस्कृतिमा धीन रहेको बताउँदै अन्य जातिको सांस्कृतिक पक्षहरुलाई जोगाउन आवश्यक रहेको समेत बताए । उनले विभिन्न जातजातिको यस्ता सास्कृतिक पक्षलाई जोगाउन प्रदेश सरकार नितिगत रुपमा लागिरहेको बताए ।

निरिक्षणको क्रममा मुख्यमन्त्री गुरुङ नेवार समुदायको तीन सताब्दी पुरानो जनजिवनमा प्रयोग गरिने समाग्रीहरु अवालोकन गरेका थिए ।

प्रदेशले सन २०१९ लाई आन्तरिक भ्रमण वर्ष घोषणा गरेर आन्तरिक पर्यटन आगमनलाई महत्व दिइरहेको छ ।