प्याराग्लाईडिङमा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले जनही १ लाख दिने

पोखरा, भदौ २० ।
गण्डकी प्रदेशले इण्डानेशियामा हालै सम्पन्न एशियाड खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेलमा नेपाललाई रजत पदक दिलाउने पोखराका पाँचजना खेलाडी सहित तीन प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने भएको छ ।

गण्डकी प्रदेशको बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक खेलाडीलाई एक–एक लाख रुपैयाँ र प्रशिक्षकलाई २५–२५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कृत हुने खेलाडीमा बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा छन् भने प्रशिक्षक योगश भट्टराई, सानोबाबु सुनुवार र सहप्रशिक्षक शैलेन्द्र राउत रहेका छन् ।