पौने ३ करोड ठगी गरेको आरोपमा पिएन क्याम्पसका सहप्राध्यापक शिवाकोटी पक्राउ

काठमाण्डौं, फागुन २ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले पृथ्वीनारायण (पिएन) क्याम्पस पोखराका सहप्रध्यापक डा गोपाल शिवकोटी (चिन्तन)लाई पक्राउ गरेको छ । २ करोड ७६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सहप्राध्यापक शिवाकोटीलगायतका व्यक्तिले कानुन विश्वविद्यालय खोल्ने भन्दै २ करोड ७६ लाख ठगी गरेको थिए । उनलाई प्रहरीले मंगलबार कीर्तिपुरबाट पक्राउ गरेको हो ।

शिवाकोटीसँगै नुवाकोटका बद्रिकुमार थापा पनि पक्राउ परेका छन् । उनलाई बाँनियाटारबाट पक्राउ गरिएको हो । उनीहरु मिलेर ६० जना भन्दा बढी व्यक्तिलाई ठगी गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए ।

शिवाकोटीको समूहले ‘मञ्जुश्री एजुकेसन एकेडेमी प्रालिको नाममा कानुन विश्वविद्यालय स्थापना गर्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । शिवाकोटीले नेपाल ल क्याम्पसमा समेत प्राध्यापन गराएका थिए । उनले कानुनमै अमेरिकाबाट पिएचडी समेत गरेका थिए ।