पौडेल र सिटौलाको बहिष्कारपछि काँग्रेस बैठक निस्कर्ष विहिन

काठमाण्डौं, मंसिर ३० ।
संस्थापन इतर पक्षले बहिष्कार गरेपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक विषयवस्तुमा प्रवेश नै नगरी टुंगिएको छ । सहमति सहित पुनः बैठक बस्ने कांग्रेसले जनाएको छ । १४ औं महाधिवेशनका विषय प्रवेश नभएसम्म वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बहिष्कार गर्ने बताउँदै आएको छ ।

पौडेल पक्षीय नेता प्रकाशमान सिंहले उपसभापति बिमलेन्द्र निधिलाई टेलिफोन गरि बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएका थिए । पौडेल समूहसहितले सहभागिता नजनाएपछि सभापति शेरबहादुर देउवाले ढिलो गरी केन्द्रीय समिति बैठक सुरु गरेका थिए ।

बैठकमा सामान्य छलफल मात्र भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उता, नेता पौडेल भने बैठक बहिष्कार गरी ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि पुगेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि बैठकमा सहभागी भएनन् ।

शनिबार सभापति देउवाले उनकै निवासमा पुगेर नेता रामचन्द्र पौडेललाई मनाउने प्रयास गरेपनि असफल भएका थिए । त्यसयता संस्थापन र संस्थापनइतरबीच अनौपचारिक छलफल भइरहेको बताइएको छ ।