पौडेल निवास पुगे सभापति देउवा : पौडेलले आफ्नो अडान नछाड्ने

 

काठमाडौं, मंसिर २८ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने अडान नछाड्ने भएको छ ।

पौडेल निवास बोहोराटार पुगेका सभापति शेरबहादुर देउवासंग आज(शनिबार) भएको भेटमा उनले कार्यतालिका पहिलो एजेण्डा भएको भन्दै कार्यतालिका बनाएपछि थप छलफल गर्न आफूहरु तयार रहेको बताए ।

पौडेलले पार्टीका संगठनात्मक संरचना बनाएर न्यायपूर्ण ढंगले अगाडि बढ्न समेत सभापति देउवालाई सुझाव दिए ।

नेता पौडेलले सभापति देउवासंग पार्टीलाई एक बनाएर अहिलेका चुनौति सामना गर्दैै अगाडि बढ्ने सहमति भएको जानकारी दिए ।

पौडेल समुहले महाधिवेशनको कार्यतालिका अहिले नै सार्वजनिक गरेर जानुपर्ने र केन्द्रीय समितिमा छलफलको प्रस्ताव लैजानुपर्ने अडान लिँदै आएको छ ।

देउवासंगै बोहोराटार पुगेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले कार्यतालिका बनाएर अगाडि बढ्न सभापति सकरात्मक भएको बताए ।

पौडेले समुहले कार्यतालिक बनाउनु पर्ने माग गर्दै केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ ।

देउवाले आइतवार केन्द्रीय समिति बस्नु अघि सबै एजेण्डामा सहमतिको प्रयास गदैृ पौडेलसंग भेट गरेका हुन् ।

भ्रातृ संगठन तरूण दलको म्याद छ महिना थप गर्ने र नेपाल विद्यार्थी संघलाई नेतृत्व दिने एजेन्डामा पनि पौडेल पक्षको चासो छ ।

पौडेलले यी दुई भ्रातृ संस्थामध्ये एउटा आफ्नो पक्षले पाउनुपर्ने माग राखेको छ ।
(ईमेजखबरबाट साभार)