पौडेललाई गृहजिल्लामै अवरोध, एउटै क्षेत्रमा ५ जना दावेदार

तनहुँ, असोज १८ ।
काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल आगामी चुनावका लागि सर्वसम्मत उम्मेदवार सिफारिस हुन सकेनन् । पार्टी सभापति लगायत अन्य धेरै नेताहरु सर्वसम्मत भएपनि पौडेलका लागि अन्य ४ जनाले चुनौति दिएका छन् ।
कांग्रेस तनहुँको बुधबारको बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ बाट पौडेलसहित केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र महिला संघकी पूर्व सभापति शशी आचार्यको नाम केन्द्रमा सिफारिस गरेको छ ।
तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका पौडेललाई पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले टिकट नपाए पौडेल कम्पनी नै ध्वस्त पार्ने चेतावनी दिएका छन् ।