पौडी खेल्दा डुवेर शिक्षक बेपत्ता

पोखरा भदौ २९ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ कास्कीकोट स्थित पोखरीमा डुबेर एक शिक्षक बेपत्ता भएका छन् । कास्कीकोटकै निजी स्कुलमा पढाउने २१ बर्षिय शिव प्रसाद तिमिल्सिना ठुली पोखरीमा डुबेर बेपत्ता भएका हुन् ।
तीन जना पोखरीमा पौडी खल्न गएको र त्यस मध्ये शिव डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता तिमिल्सीनाको साँझसम्मै गोताखोरको टोलीले खोजी गरे पनि नभेटिएको प्रहरीले जानकारी दिएको छ ।
उनको शुक्रबार विहानैदेखि खोजी सुरु हुनेछ ।