पोखरा ३३ का वडाध्यक्षको गाडीमा विस्फोट

पोखरा, मंसिर ९ ।
पोखरा ३३ नम्बर वडाका वडाध्यक्ष शिव आचार्यको गाडीमा बम पड््काईएको छ । ग २ च ४२६ नम्बरको हाईलक्स गाडीमा बम पड्काईएको हो । वडाध्यक्षको घरम पार्किङमा राखिएको बेला बम विस्फोट गरिएको वडाध्यक्ष आचार्यले बताए ।

बम पड्किएपछि गाडीको अघिल्लो भागमा क्षति पुगेको छ । घटना राती २ बजे भएको हो । प्रहरीले अज्ञात समूहले भनेपनि विप्लव समूहले यो काम गरेको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएकाे छ ।