पोखरा विश्वविद्यालयमा स्ववियुको विरोध, आन्दोलनप्रति नेविसंघको आपत्ति

पोखरा, भदौ ११ ।
पोखरा विश्वविद्यालयमा केही दिनअघि भएको घटनालाई लिएर स्ववियु पोखरा विश्वविद्यालयले विरोध जनाएको छ । सोमबार ¥यालि निकालेर घटनामा दोषीलाई कडा कारबाहीको माग गरेको छ ।
तर स्ववियुमा पनि अनेरास्ववियुले एकलौटी गर्न खोजेको भन्दै नेविसंघतर्फबाट जितेका सदस्यहरुले विरोध गरेका छन् । नेविसंघबाट जितेका सदस्यहरुसँग सल्लाह नै नगरी आन्दोलन गरेको उनीहरुको गुनासो छ ।
‘स्ववियु विद्यार्थीको हक हितका लागि बनेको संस्था हो । यसमा सबैजना साझा हुन्छन्, सदस्इ सुभास खड्काले भने–यसरी पार्टीको एकलौटी गर्न मिल्दैन । सल्लाह नगरी गरेको आन्दोलनमा हाम्रो विरोध छ ।’

विश्वविद्यालयकै बदनाम हुने गरी भएको घटनाको विरोध गर्दा पनि राजनीतिकरण भएको उनको आरोप छ । उनले शान्तिपूर्ण भन्दै विरोधका लागि विरोध नभई आगामी दिनमा गल्ती नदोहोरिने गरी आन्दोलनको तयारी गर्नुपर्ने सुझाए ।

सोमबार आन्दोलनमा सघाउनका लागि विश्वविद्यालयको सम्बन्धन प्राप्त विभिन्न कलेजका नेविसंघ नेताहरु पुगेका थिए । उनीहरुले पनि दोषीलाई कडा कारबाही गरी सुरक्षा ब्यवस्था मजबुत बनाउन दवाव दिएका छन् । आन्दोलन प्रति विद्यार्थी नेताहरु मिमराज शाही, स्ववियुमा अध्यक्ष पदका उम्मेदवार डिफान भुजेल लगायतले स्ववियुको आलोचना गरेका छन् ।