पोखरा विश्वविद्यालयको घटना छानवीन गर्न नेविसंघको माग

पोखरा, भदौ ११ ।
पोखरा विश्वविद्यालयमा केहीदिन अघि भएको घटनाबारे गम्भीर भएर छानवीन गर्न नेविसंघले माग गरेको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा रहेको कम्प्युटर सोही विश्वविद्यालयका कर्मचारी र पूर्व विद्यार्थी मिलेर ह्याक गरेका थिए ।

कम्प्युटर ह्याक भएपछि धेरै विद्यार्थीको रेकर्ड तलमाथी भएको आशंका पनि छ । यद्यपी अनुसन्धान जारी छ । आईतबार नेविसंघ ला ग्राण्डीले विज्ञप्ती जारी गरी परीक्षा नियन्त्रण कार्यालयमा भएको हमला निकै निन्दनिय भएको भन्दै ध्यानाकर्षण जनाएको छ ।

सभापति विनय पौडेलले हस्ताक्षर गरेको विज्ञप्तीमा घटनाको पूर्ण छानवीन गरी दोषीलाई कडा कारबाही र कार्यालयमा सुरक्षा ब्यवस्था कडा बनाउन माग गरिएको छ ।