पोखरा रंगशालाको प्यारापिट भत्काईँदै

पोखरा, पुस १२ ।
पोखरा रंगशालामा रहेको प्यारापिट भत्काउन थालिएको छ । २०४० सालमा पोखरामा भएको दोश्रो राष्ट्रिय खेलकुदका लागि २०३८ मा निर्मित प्यारापिट नयाँ मोडलमा बनाईने भएपछि भत्काउन लागिएको हो । २०७२ सालको भूकम्पका कारण प्यारापिट जोखिमपूर्ण थियो ।
नयाँ प्यारापिट निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले १ अर्व रुपैयाँ विनियोजन गरेको छ । बजेट विनियोजनसँगै संरचना निर्माणका लागि टेण्डर आह्वान भएकोमा ६ वटा अन्तराष्ट्रिय कम्पनी फाईनल प्रतिश्पर्धाका लागि छनौट भएका छन् । पुस महिनाभित्रै प्यारापिट भत्काईसक्ने र यही महिनाको अन्तिमदेखि निर्माण सुरु हुने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।