पोखरा महोत्सवमा जारी बुद्धिचाल प्रतियोगितामा अनिल र कृष्णको अग्रता

पोखरा ७ माघ । अनिल कोइराला र कृष्ण थापा समान अंक ३.५ अंक सहित पोखरामा जारी राष्ट्रिय बुचिचाल प्रतियोगितामा अग्रता लिएका छन । युनाईटेड क्लव र कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह माविको पुस्तकालयमा जारी बुद्धिचाल प्रतियोगिताको दोश्रो चरणको खेलमा अनिल कोइराला र कृष्ण थापा समान ३.५ अंकको अग्रता सहित फाइनलमा प्रवेश गरेका हुन ।

त्यसैगरी महेश्वर अधिकारी, सागर शाही, विश्व पराजुली, विनोद नाल्मी, युवराज भण्डारी, विर बहादुर परियार समान ३ अंक प्राप्त गर्दै फाइनल प्रवेश गरेका छन भने वुद्धिराज शर्मा, पुजा भण्डारी, राम बहादुर क्षेत्री, पन्चराम गुरुङ, चन्द्र बहादुर गुरुङ र मनोज ठकुरीले समान २.५ अंक प्राप्त गर्दै फाइनलको यात्रा तय गरेका छन । प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ ।

उक्त प्रतियोगितामा सिनियर राष्ट्रिय आर्विटर (रेफ्री) श्याम सुन्दर ताम्राकार र आजीवन सदस्य एवं राष्ट्रिय आर्विटर (रेफ्री) नरेन्द्र रानाभाटले रेफ्रीको भुमिका निर्वाह गरेका छन । प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछभने दोश्रो र तेश्रो हुनेले नगद १५ हजार र दश हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन ।

प्रतियोगितामा चौथो स्थान हासिल गर्नेले नगद ३ हजार प्रमाणपत्र र मेडल, पांचौ स्थान हासिल गर्नेले २ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछनभने टप टेन भित्र पर्ने बांकी ५ जनालाई जनही १ हजार, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन । महोत्सवमा जारी विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामामा कुमुदिनी होम्स र युनिभर्स एकेडेमी फाइनलमा प्रवेश गरेका छन । ज्ञानगंगा एकेडेमी र अमरसिंह माविलाई पछाडि पार्दै कुमुदिनी र युनिभर्स फाइनलमा प्रवेश गरेको हो ।

महोत्सवमा मंगलवार पछिल्लो समय निकै चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका थिए । सपुत संगै शंकर विरही गुरुङ, पी आर सी पौडेल, निश्चल थापा मगर, सीता परियार, सरस्वती लामिछाने, दुर्गा क्षेत्री लगायतकोे प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिए । मंगलवार सांस्कृतीक कार्यक्रम तर्फ तेर्सापट्टी ताया मचा समितिको भैरव नाज र गाईजात्रामा देखाइने मृदङ्ग वादन आठ वटा मृदङ्गको एकमुष्ट प्रस्तुती राखेका थिए । महोत्सवमा सांझको पप कन्सर्टमा शनिस श्रेष्ठ र स्थानिय प्रोभर्सको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए ।

महोत्सवको नवौ दिन बुधवार लोकदोहोरी तर्फ ज्योति मगर, जीवन दाहाल, माया गुरुङ, राजन कार्की, शंकर पन्त, इश्वर सिंह, लक्ष्मी नेपाली, मधु चापागाई लगायतको प्रस्तुती रहनेछभने । तरेली सांस्कृतिक परिवारको लोक संस्कृतिक झल्कने बिहानी नृत्य प्रस्तुती रहने छ । संस्कृति तर्फ गुरुङ संस्कृतिमा आधारित चुरेभुमे तप्राङ तमु समाजको छ्याडु नाचको प्रस्तुती रहने छ । सांझको लाईभ कन्सर्टमा भारत कल्कत्ताका गायक अर्को मुखर्जी र ड्रिमर्जको प्रस्तुती रहने छ ।