पोखरा नगरबसमा ठोकिएका पौडेलको ज्यान गयो

पोखरा, चैत २९ ।
माइक्रोबसको ठक्करपछि गम्भिर घाइते भएका सन्दिप पौडेलको पनि मृत्यु भएको छ । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलजेमा बिहिबार बिहान मृत्यु भएको हो ।

गत मंगलबार उनी सवार ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकललाई ग १ प ३८७७ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो । माइक्रोले ठक्कर दिंदा मोटरसाइकल चालक शोभाकान्त पनेरुको घटनास्थलमै मृत्यु भएको थियो ।

घाइते पौडेलको तीन दिन पछि ज्यान गएको हो । मृतक दुबैको बिहिबारै अन्त्यष्टि गरिएको छ । पनेरुको सेती रामघाटमा र पौडेलको दोविल्ला घाटमा अन्त्यष्टि गरिएको हो ।

माइक्रोले ठक्कर दिंदा मोटरसाइकल चालक शोभाकान्त पनेरुको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक दुवैका परिवारले बिहिबारनै शव बुझेका हुन् । यसअघि पनेरुको मृत्युपछि विद्यार्थी र आफन्त आन्दोलित बनेका थिए । उनीहरुले बुधबार दिउँसो पोखरामा सार्वजनिक यातायात सञ्चालनमा समेत अवरोध पु¥याएका थिए ।

मृतक दुवैका आफन्तले चालक दिप्तीनारायण ढकाललाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् । ‘प्रशासनले उनलाई कडा कारवाही गर्ने आश्वासन दिएकालेनै हामीले शब बुझेका हौ’ मृतक पनेरुका ठुलोबुवा दुर्गाप्रसाद पनेरुले भने । ‘हामीलाई ५ लाखको प्रलोभन देखाइएको छ, तर हाम्रो माग चालकलाई कडा कारवाही हुनुपर्छ भन्ने हो ।’ विमा वापत नियमलेनै पाइने पाँच लाख देखाउँदै कसैको ज्यान लिन नपाइने उनको भनाई छ ।

स्याङ्जा घर भइ हाल ड्यामसाइड बस्दै आएका २२ वर्षिय शोभाकान्त पनेरु छोरेपाटनस्थित गुप्तेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन संकाय स्नातक तह दोस्रो वर्षमा पढ्थे । अर्का मृतक २४ वर्षिय सन्दीप पौडेल पोखरा लेखनाथ महानगरपालिका वडा २१ का हुन् । घटनापछि आन्दोलित पोखराका विद्यार्थीहरुले बुधबार दिनभर पोखराको सडकमा नाराबाजि गरेका थिए ।