पोखरा जेसीजले तीन दिन जेसीज वीकइण्ड मनाउने

 

पोखरा, वैशाख १२ ।

पोखरा ११ मा अवस्थित पोखरा जेसीजले विभिन्न कार्यक्रको आयोजना गरि जेसीज विकइण्ड मनाउने भएको छ । पोखरा जेसीजले वैशाख १४ गते देखि १६ गते सम्म तीन दिन विभिन्न सामाजिक र जनचेतनामुलक कार्यक्रमको आयोजना गरि मनाउने भएको बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । वीकइण्डको तयारी पूरा भएको मुल संयोजक जेसी देवराज शर्माले जानकारी दिए ।

शर्माका अनुसार स्थानीय निकायका जन प्रतिनिधिहरुलाई संसदीय सभा प्रणाली र प्रभावकारी बैठक सञ्चालन र त्यसको प्रभावकारीता वारे जानकारी गराउने, ग्रामिण क्षेत्रका समुदायमा स्वास्थ्य सम्बन्धि (पेट, छाती, मुटु, छाला, हाड जोर्नी, नशा, उच्च रक्तचाप, मधुमेह, दन्तरोग, महिला रोग, वालवालीका सम्बन्धि रोग) परिक्षण सेवा उपलब्ध गराई साङ्केतिकरुपमा सम्भाव्य स्वास्थ्य समस्याहरु बारे जानकारी एवं प्रारम्भिक अध्ययन अनुसन्धान मुलक कृयाकलाप सञ्चालन गर्न, बिद्यार्थीहरुलाई आफ्नो सुनौलो भविष्य निर्माण तथा सुनिश्चितताका लागि सुसुचित एवं तालिम उपलब्ध गराउन र स्थानिय निकायमा रहेका विभिन्न संघ संस्थाहरु विच सुमधुर सम्बन्धको विकास गरी समाजिक उत्तरदायित्व र जिम्मेवारी निर्वाह गर्दै जेसीजका कार्यक्रमहरुलाई समाजमा परिचित गराउने उद्देश्यले वीकइण्डको आयोजना गरिएको हो ।

वीकइण्ड अन्तरगत पहिलो दिन को कार्यक्रम विधिवत रुपमा उद्घाटन सहित पोखरा लेखनाथ महानगरपालीका सँगको सहकार्यमा पोखरा लेखनाथ महानगरपालिकाका ३३ वटै स्थानीय तहका वडाध्यक्ष र कार्यपालीका सदस्यहरुलाई संसदिय सभाप्रणाली तथा प्रभावकारी बैठक सञ्चालन सम्बन्धि तालिमको आयोजना गरिने पोखरा जेसीजका अध्यक्ष जेसी शिव सुवेदीले जमाकारी दिए ।

जेसीज वीकइण्ड दोस्रो दिन पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली. र डक्टर्स डेन्टल एण्ड इम्प्लान्ट सेन्टरकोे प्राविधिक सहयोगमा पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर २१, निर्मलपोखरी र आसपासको क्षेत्रका वासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविर तथा दन्त परिक्षण कार्यक्रम राखिएको छ ।

वीकइण्डको तेस्रो दिन बिद्यार्थीहरुलाई लक्षित गर्दै नोभेल इन्स्टिच्युट महेन्द्रपुल पोखरा, हिसान नेपाल र गोल्डेलगेट कलेज काडमान्डौको प्राविधिक सहयोगमा एक दिने उत्कृष्ट शैक्षिक जीवन सम्बन्धि परामर्श तथा उत्प्रेरणात्मक तालिम कार्यक्रम “ आयोजना गरिने छ । सोहि दिन जेसीज वीकइण्ड २०१८ कार्यक्रमको विधिवत समापन गरिने आयोजकले जनाएको छ ।