पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा खत्री बिजयी

पोखरा, पुस २७ ।
पोखरा उद्योग वाणिज्य संघको उप महासचिवमा केशबबहादुर खत्री बिजयी भएका छन् । प्रतिष्पर्धी उमेदवार गृहलक्ष्मी ग्याँस उद्योगका अध्यक्ष समेत रहेका धर्मराज बर्तौलालाई ३ सय मतले पछि पार्दै खत्री बिजयी भएका हुन् ।

खत्री नारायण कोइराला प्यानलका हुन् भने बर्तौला विन्दु कोइराला प्यानलबाट चुनावी प्रतिश्पर्धामा थिए । निर्वाचित खत्रीले एक हजार ३ सय २३ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी बर्तौलाले १ हजार १३ मत प्राप्त गरेका छन् ।