पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण विजयी

पोखरा, पुस २७ ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला बिजयी भएका छन् । कोईराला प्रतिष्पर्धी विन्दु कोइराला सुवेदीलाई ४ सय १० मतले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित कोइराला निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । पराजित सुवेदी भने निवर्तमान उद्योग तर्फकी उपाध्यक्ष हुन् ।

कुल २ हजार ३ सय ६५ कुल मत खसेकोमा बिजयी कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गरे । उनका प्रतिपष्पर्धी विन्दु कोइराला सुवेदीले ९ सय ६५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।