पोखरा इञ्जिनियरिङ कलेज–स्वविप अध्यक्षमा अनेरास्ववियूका सुवेदी, सचिवमा नेविसंघका राजभण्डारी

पोखरा, माघ ११ ।
पोखराको फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेज (पेक) को स्वतन्त्र विद्यार्थी परिषद्को अध्यक्षमा किशोर चन्द्र सुबेदी विजयी भएका छन् । अनेरास्ववियुको प्यानलबाट उमेद्वारी दिएका सुबेदीले नेविसंघका तर्फबाट उमेद्वारलाई ६३ मतले पछि पार्दै सुबेदी बिजयी बने ।

परिषद्को सचिबमा नेविसंघका तर्फबाट चुनावी मैदानमा उत्रिएका अनिश राजभण्डारी बिजयी भए । कोषाध्यक्षमा अनेरास्ववियुका रेखा केसी बिजयी भइन् । सदस्यहरुमा नेविसंघकै विशाल गोदार, कृष्णप्रसाद बस्ताकोटी, सरिना गौतम र केशब तिवारी बिजयी भए । समानुपातीक तर्फ अनेरास्ववियुले र नेविसंघले दुई÷दुई सदस्य जितेका छन् ।