पोखरा आगलागीः क्षणभरमै सकियो करोडौंको सम्पत्ति (फोटोमा हेर्नुस् आगलागी पछिका दृष्य)

पोखरा, साउन २८ ।
पोखराको न्यूरोड स्थित भाटभटेनी नजिक रहेको एस मिनि मार्केट मंगलबार जलेर ध्वस्त भयो । करिब २ घण्टाको अवधीमा दशौं करोडको सम्पत्ति जलेर नष्ट भयो । प्रहरीले समेत क्षतिको विवरण निकाल्न सकेको छैन । ‘हचुवाको भरमा बोलेर हुँदैन । कति क्षति भयो भन्ने प्रारम्भीक अनुमान पनि गर्न सकिँदैन,’ क्षतिबारे प्र्रहरीले यसो भन्छ ।

फर्निचर सहितका पसलहरु भएका कारण अहिले नै क्षति विवरण निकाल्न कठिन छ । २३ वटा सटरभित्र रहेका ७ वटा ठूला पसल जलेर नष्ट भएका हुन् । युनिक होम डेकोरेसन सहित, फर्निचर र खाजा पसल, जुस पसल, इलेक्ट्रिक पसल पूर्ण रुपमा क्षति भयो ।

आगो होम डेकोरेसन पसलबाट सुरु भएको बताईएको छ । आगो नियन्त्रणमा लिन ४ वटा दमकल र ३० भन्दा बढी ट्यांकर प्रयोग गरिएको थियो ।

तस्विरहरु-सुदर्शन रञ्जित/डीएनए र सामाजिक सञ्जाल