पोखरा आउने माईक्रो तनहूँको थर्पुमा बससँग ठोकियाे, २ जनाको मृत्यु-९ घाईते

पोखरा ९ असोज ।
तनहुँको दमौलीबाट पोखरा आउँदै गरेको ग ३ ख ४४४२ नम्बरको माईक्रोबस तनहुँको थर्पुमा मिनिबससँग ठोकिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका ४ बस्ने वर्ष ३६ की सरस्वती कुँवर र नाम ठेगाना खुल्न नसकेकी अन्दाजी २७ वर्षीय महिला रहेका छन् ।

टाउकोमा गम्भीर चोट लागेका उनीहरु दुबैजनाको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  दुर्घटनामा घाईते भएका बस चालक ३५ वर्षीय तुलबहादुर विकको अवस्था गम्भीर रहेको छ । उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । दुर्घटनामा अरु ९ जना घाईते भएका छन् ।

घाईते हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं २ की ४० वर्षीया सविदा खान, सोही ठाउँ बस्ने ४४ वर्षीय नहमुद मिया, ४४ वर्षीया चन्द्र भण्डारी, व्यास नगरपालिका वडा नं ५ की २४ वर्षीया मायाँ थापा, तनहुँकै म्याग्दे गाउँपालिका वडा नं ३ की ४० वर्षीया सत्यकला न्यौपाने, सत्यकलाका १२ वर्षीय छोरा उमेश न्यौपाने, दमौलीमा बस्दै आएकी ५० वर्षीया कमला दुरा, व्यास नगरपालिका वडा नं २ की ८२ वर्षीया विष्णुमाया बस्नेत छन् ।

घाईतेहरु सबैको टाउकोमा चोट लागेको छ । घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर घाईतेहरुको पोखराको गण्डकी मेडिकल कलेज पोखरा र अरु सबैको पोखराको मणिपाल अस्पतालमा उपचार भईरहेको छ ।

पोखरा बाट दमौली जाँदै गरेको लु १ ख ४१९४ नंबरको मिनिवस संग ठोक्किएको थियो । मिनिबसमा सवार यात्रुहरु भने शकुसल रहेको बताईएको छ । घटनाबारे थप अनुसन्धाकनका लागि ट्राफिक प्रहरीको टोली घटनास्थल पुगेको बताईएको छ । ठक्करबाट माईक्रोबासको एकापट्किो सम्पूर्ण भाग नै लछारिएको छ ।