पोखरा आउने पर्यटकलाई सेतीमा ¥याफ्टिङ

पोखरा, असोज १८ ।
पोखरा नजिक रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा अपर सेती पर्यटकका लागि आकर्षण बन्दै गएको छ । सेती जलयात्रा विश्वकै टप टेन भित्र पर्छ । प्रचार प्रसार र यसको व्यवस्थापनका कारण पछिल्ला दिनहरुमा पर्यटकको रोजाई पनि बढ्न थालेको छ । पोखराको आडैमा भएकाले पनि छोटो समयमा धेरैबेर सम्म मनोरञ्जन लिन सकिने भन्दै यहाँ पर्यटकको आवागमन बढी हुन्छ ।
सेतीमा तीन घण्टाभित्र जलयात्रा गरिसकिन्छ । पोखरा सेतीमा जलयात्रा गर्ने अहिले दैनिक ३० देखी १ सय जना सम्म हुने क्रसरिभर ¥याफ्टिङका सञ्चालक धर्मेन्द्र बाटाजुले बताए । अपर सेती नदीमा वर्षमा ५ महिना ¥याफटिङ गर्न सकिने बाटाजूले बताए । ४ ग्रेडभन्दा माथिको पानीको बहाव भएकाले पनि अपर सेतीमा ¥याफटिङ विश्वका उत्कृष्ट दसौं स्थानमा पर्न सफल छ ।
पछिल्लो समय जलविद्युत गृहहरु बन्दै गएपछि कतिपय नदीहरुमा अपेक्षा गरे अनुरुप जलयात्रा हुन नसकेको व्यवसायीहरु बताउँछन् । सेती र मर्दीको दोभानबाट करिब ८ किलोमिटर दूरीको याम्दीसम्म ¥याफ्टिङ यात्रा हुन्छ । ¥याफटिङ गर्न विदेशीले ५० डलर र नेपालीले ३५ डलर तिर्नुपर्छ ।