पोखरा आउँदै गरेको बस पल्टिँदा २ जनाको मृत्यु

पोखरा, पुस २५ ।
तनहूँको घिरिङमा बस पल्टिँदा २ जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका ३ थानीमाइमा दुर्घटना भएको हो ।

दुर्घटनामा घिरिङ १ की २० बर्षिय मुना थापा र ४२ बर्षकी नानिमाया गुरुङको मृत्यु भएको हो । गाडी सडकबाट करिब ४० मिटर तल खसेको थियो । दुर्घटनामा २२ जना घाईते भएका छन् । घाइतेहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

यसैबीच, दुर्घटनाप्रति गण्डकी प्रदेश सरकारले दुख ब्यक्त गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञप्ती जारी गरी ज्यान गुमाउने सबै यात्रुहरुप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना ब्यक्त गरेका छन् भने घाईतेको शीघ स्वास्थ्य लाभको कामना गरेका छन् । उनले स्वास्थ्योपचारमा सहजता गरिदिन सम्बन्धित पक्षसँग आग्रह पनि गरे ।