पोखरा अन्तराष्ट्रिय एयरपोर्टबाट बुद्ध एयरले पहिलो अन्तराष्ट्रिय उडान भर्ने

पोखरा, कात्तिक २८ ।
निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नेपालकै निजी विमान कम्पनी बुद्ध एयरले पहिलो अन्तराष्ट्रिय उडान गर्ने भएको छ । पोखराबाट भारतका ३ गन्तब्यमा बुद्धले उडान भर्ने सहमति भएको हो ।

बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको हो । पोखरा एयरपोर्ट अंग्रेजी नयाँ वर्षबाट सन्चालनमा ल्याउन लागिएको छ ।

पहिलो उडान नै बुद्ध एयरले गर्ने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । बुद्धले सातामा ३ दिन ति सहरहरुमा उडान भर्ने छ । यसका लागि रुट टुंग्याउन नेपालले भारत सरकारसँग समन्वय गरिरहेको छ ।