पोखरामा ९ बर्षीया बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

पोखरा, भदौ १५ ।
पोखरामा एक बालिकामाथी जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । रामबजारकी ९ वर्षीया बालिका बलात्कृत भएको उजुरी परेपछि आरोपितलाई पक्राउ गरिएको हो । उनी बलात्कारको घटनापछि भागेका थिए ।

ति ब्यक्तिलाई स्याङजाबाट पक्राउ गरिएको कास्की प्रहरी प्रबक्ता डीएसपी सुवास हमालले जानकारी दिए । बालिकाको घरमा कोही पनि नभएको बेला ति ब्यक्तिले पटक पटक बलात्कार गर्दै आएको बताईएको छ । उनलाई मुद्धा दर्ता गर्ने तयारी भैरहेको छ ।