पोखरामा ४ बर्षिया बालिकालाई २२ बर्षिया युवकको बलात्कार प्रयास

पोखरा, असोज २५ ।
पोखरा महानगरपालिका २५ याम्दीमा ४ बर्षिया बालिकालाई एक युवकले बलत्कार प्रयास गरेका छन् । याम्दी एक घरमा आमा बाबु सगँ बस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २२ बर्षिय युवकले बलत्कार प्रयास गरेका हुन् ।

मंगलबार घटना भए पनि बालिकाले आमालाई बुधबार मात्रै भनेकी थिइन् । बालिकालाई ज्वरो आएपछि बुधबार आमालाई भनेको छिमेकीले बताए । आरोपित युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालिकाको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।