पोखरामा २१ वर्षीया महिलाले जन्माइन् एकैपटक ३ वटा बच्चा

पोखरा, जेठ २८ ।
पोखरामा एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छिन् । पोखरा लेखनाथ महानगरपालिका १४ घर भएकी २१ बर्षीया आरती शाहीले गत शनिबार बिहान मनिपाल शिक्षण अस्पतालमा तिम्ल्याहा बच्चा जन्माएकी हुन् । २ छोरी र एक छोरालाई अपरेशन गरी निकालिएको अस्पतालले जनाएको छ । जन्मिएका तीनवटै बच्चाको अवस्था गम्भीर रहेको डाक्टर दीपकप्रसाद कोइरालाले बताए । सामान्य बच्चाको तौल साढे २ केजी कम्तिमा हुनुपर्ने भएपनि शुक्रबार जन्मिएका तीनवटै बच्चाको तौल १ केजी भन्दा कम छ । २७ हप्तामा बच्चा जन्मिएको हो ।समय नपुगि बच्चा जन्मिए फोक्सोको राम्रोसंग विकास नहुने र रोगसँग लड्न सक्ने क्षमता पनि कम हुन्छ । बच्चाहरुको २४ घण्टाको स्वस्थ्य स्थिति बुझ्दा बाँच्ने संभावना न्यून देखिए पनि अधिकतम प्रयास भैरहेको कोइराला बताउँछन् ।

तश्विर-युनिश गुरुङ/पत्रकार