पोखरामा १०२ जना सहित गण्डकी प्रदेशमा १८८ जनामा कोरोना संक्रमण

पोखरा, कार्तिक १६ ।
गण्डकी प्रदेशमा आइतबार विहान थप १८८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । पोखरामा १०२ जना, तनहुँका २१ जना, बागलुङका ३, गोरखाका ११ जना, स्याङजाका ३ जना, लमजुङका ३, नवलपुरका १७, म्याग्दी १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा यो सँगै संक्रमितको संख्या ७ हजार ५ सय ४ पुगेको छ । यहाँ थप दुई जनाको मृत्यु भएको छ । नवलपुरको कावासोती ६ का ६७ बर्षिय पुरुष र गैडाकोट २ का ७७ बर्षिय महिलाको होम आइसोलेशनमा निधन भएको हो ।

दुवैजनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानिमा घर परिवारले नै दाहसंस्कार गरेका निर्देशक शर्माले बताए । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ । गण्डकीमा ४ हजार २ सय २१ जना निको भएर घर फर्किएका छन् ।