पोखरामा हुने संगम कप फुटवल प्रतियोगिताको तयारी तिव्र

पोखरा, मंसिर २४ ।
आगामी पुष १ गते देखि पोखरामा संचालन हुने छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ को तयारी तिव्र पारिएको छ । पोखराको संगम क्लवको आयोजनामा पुष ५ गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको क्लवका अध्यक्ष शिव गुरुङ (माया) ले बताए ।
उनका अनुसार हालसम्म करिब १६ टिमले दर्ता गरि सकेकाछन। पर्यटन र खेलकुदको राजधानि बनाउने अभियानमा आफुहरुले विगत पाँच बर्ष देखि संगम कप सेभेन ए सार्ईड फुटवल प्रतियोगिता गर्दै आए पनि यस बर्ष देखि फुटवल खेलको विकासको लागि फुटवल (ईलाभेन ए साईड फुटवल) प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष मायाले बताए । प्रतियोगितामा विजेतालाई एक लाख २५ हजार, उपविजेतालाई ६५ हजार नगद सहित ट्रफी, मेडल, प्रमाण–पत्र वितरण गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्टाईकरलाई जनहि ५÷५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।
विगतका बर्र्ष देखि सहयोग गर्दैै आएको संगम एल.जी. हङकङ मुख्य प्रायोजक रहेकोछ । द्धितिय पुरस्कार प्रायोजकमा होटल कोस्ट लेकसाईडका ग्यारे गुरुङ र टेक बहादुर गुरुङ रहेकाछन। त्यसै गरी उत्कृष्ट गोलरक्षक प्रायोजकमा होटल डाँफेका संचालक विनोद भुजेल, सह–प्रायोजकमा संगम यू.के., संगम अष्ट्रेलिया, संगम कोरिया, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १३, पोखरा पशु व्यावसायी केन्द्र–चाउथे रहेकाछन। त्यसै गरी पोखरा रानिपौवाका तिलक गुरुङ, धरानका दिपेन राई, पोखराका चन्द्र गुरुङ र पोखराका गोपाल गुरुङ हाल हङकङ समुहबाट प्रतियोगिताको पहिलो पुरस्कार प्राप्त हुने भएको छ । यस प्रतियोगितालाई सफल पार्न जिल्ला खेलकुद विकास समिति कास्की, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको ,सहयोग गरेको सचिव शिव नेपालीले बताए । अझै केहि दिनसम्म टिमहरुको दर्ता लिने भएको प्रतियोगिताका संयोजक खेमराज गुरुङले बताए ।