पोखरामा हट फेसन सो (फोटो फिचर)

पोखरा, असोज ७ ।
हरेक हिसावले पोखरा परिचित छ । चाहे पर्यटनमा होस्, चाहे कला र संस्कृतिमा । आधुनिक प्रविधि र फेसनले पनि पोखरालाई निकै छिटो छुन्छ । त्यसो त पोखरालाई लाहुरेहरुले बनाएको शहर भनेर भन्नेहरु पनि छन् । नेपालमा भित्रीएका फेसनका सिको काठमाण्डौ पछि पोखरामा हुन्छ । नयाँ शैलिका फेसन लिएर केही जोडी युवती पोखरा आए । उनीहरुलाई हेर्न पोखरेली दर्शक झुम्मिए पनि । पोखराको बाराही होटमा भएको फेसन सोमा एकपछि अर्को सिक्वेन्समा मोडल प्रस्तुत भए । अधिकांश व्यावसायिक मोडल सहभागी कार्यक्रममा विभिन्न ६ सिक्वेन्समा लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउनमा सजिएका मोडेल निकै आकर्षक र ‘हट’ देखिन्थे ।
पोखरामै पहिलो पटक यस्तो फेसन सोको चाँजोपाँचो मिलाएको थियो, आरएनआर ग्रुपले । राति करिब डेढ घण्टा चलेको ‘जीवनशैली’ नामक फेसन शोमा पोखरास्थित आई एम द बुटिककी अर्चना अर्यालद्धारा डिजाइन गरिएको लेहेंगा र साडी ओचो जिन्सका सुनिल महर्जनको क्याजुअल जिन्स र प्रिन्टेड जिन्सी तथा काठमाडौंस्थित फेसन जोले वान पिस र गाउन गर दुईरदुई सिक्वेस मोडल उतारिएका हुन् ।
आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले मोडलिङ क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिकरुपमा विकास गर्न विभिन्न मोडलिङबारे इभेन्ट गर्दै आएको बताइन् । कार्यक्रम संचालन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । यसअघि, काठमाडौं र पोखरामा भएको अडिसनबाट छानिएका १९ जना मोडेल सहभागी थिए । तीमध्ये काठमाडौंका १५ र पोखराका ४ जना मोडेल थिए । जसमा सृष्टि तामाङ, कुसुम तामाङ, मन्दिरा राज्यलक्ष्मी शाह, देविका कार्की, सीमा श्रेष्ठ, करिश्मा केसी, हेमा र आश्मा लगायत थिए ।
उक्त फेसन शोका लागि मोडललाई पहिलो अडिसन राजधानीमा गरिएको थियो । अडिसनमा ५० जना व्यवसायिक मोडलले आवेदन दिएकोमा १५ जना र पोखरामा भएको अडिसनमा १५ जनाबाट ४ जना छानिएका निर्णायकमध्येका एक पत्रकार डब्बु क्षेत्रीले जानकारी दिए । आरएनआर गु्रपले यसअघि राजधानीमा फेसन गर्दै आएको थियो । एचआईभी संक्रमित बालबालिकाको सहयोगार्थ कार्यक्रम गरिएको हो ।