पोखरामा स्कुटर र भ्यान ठोकिँदा एकजना गम्भीर घाइते

पोखरा, मंसिर ३ ।
पोखरामा दुध बोक्ने गाडी र स्कुटर ठोकिँदा एकजना गम्भीर घाइते भएका छन् । पोखरा ८ सिमलचौमा रोकि राखेको ग २ च ६७२९ नम्बरको दुध बोक्ने गाडीमा ग ११ प १६४८ नम्बरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक स्थानीय १७ बर्षका सिजन सिग्देल गम्भीर घाइते भएका हुन् ।

घाइते सिग्देलको फेवासिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि मनिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।