पोखरामा स्कुटरले च्यापिएर एकजनाको मृत्यु

पोखरा, कार्तिक २७ ।
पोखरामा स्कुटर नालीमा खस्दा १ जनाको मृत्यु भएको छ । पोखरा ३३ बागमारामा ग ७ प ५२७६ नम्बरको स्कुटरले च्यापिएर स्थानीय पुरुषोत्तम पौडेलको मृत्यु भएको हो । गुडिरहेको स्कुटर सडकको बायाँ तर्फ नालीमा पल्टिएको हो ।

स्कुटरले च्यापिएपछि स्थानीयले अस्पताल पठाएका थिए । अस्पताल पु¥याउने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।