पोखरामा स्कारपियो गाडी पल्टिँदा ४ घाईते

पोखरा, असोज १४ ।
पोखरा ३३ भरतपोखरीमा स्कारपियो गाडी पल्टिँदा ४ जना घाईते भएका छन् । ग १ य ९१८ नम्बरको स्कारपियो गाडि अचानक सडक देखी अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाईतेहरुको गण्डकी मेडिकल कलेज र नमस्ते असपताल विरौटामा उपचार भैरहेको छ । पोखरा ३३ बागमाराका २८ बर्षिय प्रकाश पौडेल, अन्जित गुरुङ सुदिप आचार्य र पोखरा ३३ भरतपोखरीका ४३ बर्षिय केशब भुजेल घाईते भएका हुन् । गाडी प्रहरीको नियन्त्रणमा छ ।