पोखरामा सडकमै उत्तानो पर्यो ट्याक्टर, चालक गम्भीर घाईते

पोखरा, असार १५ ।
पोखराको महतगौँडा स्थित सितापाईलाको ओह्रालोमा ट्याक्टर दुर्घटना हुँदा चालक घाईते भएका छन् । कालोपत्रे गर्ने मिक्सर लिएर ओरालोमा झर्दै गरेको ग १ त ३३८३ नंबरको ट्याक्टर सडकमै पल्टेको हो ।

दुर्घटनापछि चालकलाई अस्पताल लगिएको छ । त्यस ठाउँमा सडक निर्माण कार्य भईरहेको छ । यद्यपी सडक निर्माणमा भएको ढिलासुस्तीका कारण निर्माणले गति लिन नसक्दा पटक पटक दुर्घटना हुने गरेको छ ।