पोखरामा शिक्षा मन्त्रीलाई कालो झण्डा देखाउने पक्राउ

पोखरा, असोज ७ ।
सरकारले संशोधन गरेको नवौं शिक्षा ऐन विधेयकको बिरोधमा बिद्यार्थीहरुले पोखरामा शिक्षा मन्त्रीलाई कालो झण्डा देखाउका छन् । कालो झण्डा देखाउने ९ जनालाई प्रहरीले शनिबार नियन्त्रण लिई साँझ छोडेको थियो ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ४ गैह्रापाटन स्थित उद्योग बाणिज्य संघमा पत्रकार महासंघ कास्कीको आयोजनामा स्वतन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारीता पुरस्कार वितरण गर्ने कार्यक्रममा जादै गर्दा विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् ।
उद्योग बाणिज्य संघको गेट नजिकै नयाँ शक्ति बिद्यार्थी युनियन तथा अखिल क्रान्तीकारी (बिप्लप समुहका) ९ जना विद्यार्थी पक्राउ परेका थिए ।
विद्यार्थीहरुले हालै सरकारले संशोधन गरेको नवौ शिक्षा ऐन विधेयक विरोधका साथै विश्व विद्यालयमा हुने राजनैतिक भागवण्डा अन्त्य गर्न माग सहित नाराबाजी गरेका थिए ।